१० श्रावण २०८१, बिहीबार

फाया नेपालद्धारा भजनी क्वारेन्टाईनलाई सहयोग



धनगढी । फाया नेपालले कोरोना भाइरसबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै भजनी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
भजनी नगरपालिकामा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले स्वस्थ्य सामाग्री सहयोग गरिएको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले बताए । भजनी नगरपालिका उपप्रमुख छाँया देवकोटाको समन्वयमा फाया नेपालले ती सामाग्रीहरु सहयोग गरेको हो ।
जसमा पिपिई सेट १० वटा,हाईजिन किट ५० सेट,प्लास्टिक मग ५० वटा प्लास्टिक बाल्टिन ५० वटा,ओआरएस १ पेटी,मास्क १० वटा छन् । फायाले यसअघि धनगढी उपमहानगरपालिकालाई २०० वटा मास्क र घोडाघोडी नगरपालिकालाई १२ सेट पिपिई लगायतको स्वास्थ्य सामाग्री सहयोग गरेको फाया नेपालका अनुगमन मूल्याकन तथा सञ्चार संयोजक शेरवहादुर बस्नेतले जानकारी दिए ।
यस्तै भजनी नगरपालिका उपप्रमुख छाँया देवकोटाले लकडाउनका कारण दैनिक ज्याली मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदाय र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि आवश्यक सामाग्री सहयोगका लागि विभिन्न सरोकारवाला निकायलाई अनुरोध गरी रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार