३ जेष्ठ २०८१, बिहीबार

कोरोना नियन्त्रण कोषलाई साढे आठ लाख बढी रुपैयाँ दिइने



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा रहेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का ३० जना प्रदेश सभा सदस्यहरुले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषलाई आफ्नो १५ दिनको पारिश्रमिक दिने भएका छन् ।
प्रमुख सचेतक तारा लामा तामाङका अनुसार ३० जनाको १५ दिनको पारिश्रमिक रकम आठ लाख ५० हजार भन्दा बढी हुन्छ । उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सो कोषमा सांसदहरुको रकम जम्मा गरिने छ । नेकपाका प्रदेश सभामा ३९ सांसद रहेकोमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार