१७ बैशाख २०८१, सोमबार

कोरोनाभाइरसबारे सचेतना फैलाउँदै



बाजुरा । कोरोनाभाइरस संक्रमण रोकथामका लागि बाजुरामा गाउँगाउँमा सचेतना अभिवृद्धिमूलक अभियान अघि बढाइएको छ । बाजुराका नौ वटै स्थानीय तह, सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको समन्वयमा कोरोनाभाइरस रोकथामका लागि सचेतनामुलक सन्देश प्रवाह काम भइरहेको छ । यतिवेला गाउ“टोलमा कोरोनाभाइरसका लक्षणका साथै रोकथामका उपायबारे सन्देशमुलक पर्चापोष्टर टास्ने, वितरण गर्ने कार्यलाई तीब्र बनाइएको छ ।
बुढिगंगा नरपालिकाले टोलटोलमा कोरोना भाइरसबारे जानकारीमुलक पोष्टर वितरण गरिरहेको नगर प्रमुख दिपकबिक्रम शाहले बताए ।
बुढिगंगा नरपालिकाले बाजुरा र अछामको सिमाना डाब बजारको इकडी गाड पुल नजिक हेल्थ डेक्स स्थापना गरेको छ । हेल्थ डेस्कमा एक जना अहेव र एक जना ल्याव असिस्टेन्ट तथा दुई जना प्रहरी खटाइएको नगरपालिकाका स्वास्थ्य संयोजग दिपक शाहले जानकारी दिए ।

बाजुरामा अहिले भारतका विभिन्न शहरबाट घर फर्किनेको संख्या निकै बढेको छ । बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले भारतबाट घर फर्किरहेका बाजुरेलीहलाई लक्षित गरी गाउमा सचेतनामुलक कार्यक्रम भइरहेको बताए । उनले नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई उपचार आउने बिरामीलाई अनिवार्य रुपमा हात धुने सिकाउने र कोरोना भाइरस सम्बन्धि सन्देश दिन आग्रह गरिएको बताए ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले सरकारी कार्यालयहरुमा पनि कोरोनाभाइरस सम्बन्धि जानकारी दिने काम भइरहेको बताए ।
कोरोना भाइरस चेकजाचका लागि बाजुराका चार ठाउमा हेल्थ डेक्स स्थापना गरिएका छन् । बुढिगंगा नगरपालिकाको डाब बजार, बडिमालिका नगरपालिकाको मार्तडी, बुढिनन्दा नगरपालिकाको कोल्टि र जगन्नाथको जुडिमा हेल्थडेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार