१० श्रावण २०८१, बिहीबार

कोरोना भाइरसप्रतिको सतर्कता : भारतीय नम्बरका गाडी प्रवेशमा रोक



कञ्चनपुर । पश्चिम नेपालको मुख्य सिमानाका कञ्चनपुरको गड्डचौकीबाट भारतीय नम्बर प्लेटका गाडीहरू नेपाल प्रवेशमा रोक लगाइएको छ ।
विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरस संक्रमणप्रतिको पूर्व सतर्कताका लागि भारतबाट नेपाल आउने भारतीय सवारी साधन प्रवेश निषेध गरिएको जनाइएको छ ।
भारतका विभिन्न शहरमा रोजगारी गर्ने तथा अन्य कामले गएका सुदूरपश्चिम प्रदेशका नेपालीहरू पछिल्ला केही दिनदेखि दैनिक ठूलो संख्यामा कञ्चनपुरको गड्डाचौकी नाकाहुदै घर फर्किरहेका छन् ।
दिनभरीजसो गड्डाचौकी नाकामा नेपालीको भीड लाग्ने गरेको छ । त्यस्तै, भारतीय नागरिक पनि सो नाका हुदै नेपाल प्रवेश गरिरहेका थिए । सो सिमानाकाबाट भारतीय सवारी साधान आउन रोक लगाइएपछि अहिले भारतीयहरुको आवातजावत निकै कम भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख (प्रहरी नायव उपरीक्षक) नरेन्द्रबहादुर चन्दले बताए ।
प्रहरी नायव उपरीक्षक चन्दले कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतीय सवारी साधन आवागमनमा रोक लगाइएको बताए । रिक्सा, अटोरिक्सा, टा“गा समेत आउन रोक लगाइएको छ ।
भारतबाट स्वेदश फर्किरहेका नेपालीहरूलाई सिमानाकामा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य चेकजा“चपछि मात्रै नेपाल प्रवेशको व्यवस्था मिलाइएको छ । गड्डाचौकी नाकाबाट अहिले दैनिक पांच हजारको हाराहारीमा नेपालीहरू भित्रिने गरेको गड्डाचौकी हेल्थ डेस्कले जनाएको छ ।
हेल्थ डेस्कमा कार्यरत महाकाली अस्पतालका सिनियर अहेव गौरीदत्त जोशीले केहि दिन अघिसम्म पूर्णागिरीको मेलाका कारण भिडभाड हुने गरेकोमा मेला स्थगित गराइएपछि भारतीय नागरिकको संख्या न्यून भएको छ । तर, भारतका विभिन्न शहरबाट स्वेदश फर्किने नेपालीहरूको संख्या बढ्दै गएको छ ।
गड्डाचौकी नाकामा राखिएको हेल्थ डेस्कबाट हालसम्म ३५ हजार दुइ सय ६४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार