१० श्रावण २०८१, बिहीबार

अवांछित कार्यमा संलग्न जनप्रतिनिधिहरूको संख्यामा बृद्धि



धनगढी । सुदूरपश्चिम प्रदेशमा विभिन्न अवांछित तथा अपराधिक घटनामा संलग्न रहेको आरोपमा कानूनी कारबाहीको दायरामा आउने जनप्रतिनिधिको संख्या थपिदै गएको छ ।
बलात्कार प्रयास, ज्यान मार्ने उद्योग, बन्यजन्तु तथा काठ तस्करी, हातहतियार ओसारपसरा, सार्वजनिक अपराध, शान्तिसुरक्षामा खलल लगायतका अवांछित तथा अपराधिक घटनामा संलग्न रहेको आरोपमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधीहरु समेत गरी १७ जनामाति कानूनी कारबाही भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो पटक बुधबार (फागुन २१ गते) प्रहरीले सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावललाई बलात्कार प्रयास आरोपमा पक्राउ गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका सचेतक समेत रहेका प्रदेश सभा सदस्य रावललाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) दक्षकुमार बस्नेतले बलात्कारको प्रयास गरेको भन्दै उजुरी परेपछि सो सम्बन्धी जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा आएका प्रदेश सांसद् रावललाई पक्राउ गरी हिरासतमा राखिएको बताए ।
प्रदेश सभा सदस्य रावल विरुद्ध धनगढीकी एक महिलाले गत माघ २१ गते आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाउदै फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
प्रदेश सभा सदस्य रावल बुधबार सा“झ स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।
प्रदेश सभा सदस्य रावल अछामको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
यसअघि सुदूरपश्चिम प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलमाथि ठगी तथा कागजात किर्तेको आरोप लागेपछि उनले पदबाट राजिनामा दिएका थिए ।
उनीमाथि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भा“सीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार रुपैया सेयर वापतको रकम ठगीको आरोप लागेको थियो ।
उनी विरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि गत कार्तिक २४ गते उनले राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
पछिल्लो पटक प्रदेशका विभिन्न स्थानीय तहका केही जनप्रतिनिधीमाथि विभिन्न अपराधिक अवांछित घटनामा संलग्न भएको आरोप लागेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार प्रदेशका विभिन्न स्थानीय तहका १३ जना जनप्रतिनिधीहरुमाथि विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा कानूनी कारबाही जारी छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सार्वजनिक हित तथा शान्ति सुरक्षा खलल् पुर्याएको, जुवातास, होहल्ला, वन्यजन्तु तथा काठ तस्करी लगायतका गतिविधिमा संलग्न रहेको आरोपमा मुद्दा दायर भएका छन् ।
बाजुराको वडिमालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रकाश रावललाई प्रहरीले ज्यान मार्ने आरोपमा पक्राउ गरेको थियो । । २०७५ साल असोज २० गते राती वडाध्यक्षले बोलाएको भन्दै केही मानिस घरभित्र प्रवेश गरी स्थानीयलाई कुटेका थिए । उनीविरुद्ध ज्यान मार्ने योजनाको मुख्य दोषि रहेको आरोपमा मुद्दा दायर भएपछि प्रहरीले पक्राउ गरेको थियो ।
बाजुरा जिल्ला प्रहरी कार्यालयले २०७५ फागुन १० गते बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कृष्ण मिजारलाई पक्राउ गरेको थियो । उनीमाथि हातहतियार खरखजना ओसारपसार घटनामा संलग्न रहेको आरोप लागेको थियो ।
त्यस्तै, बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ९ गैरीबजारमा डेढकिलो चरेससहित वडा नम्बर ३ का वडा सदस्य श्यामबहादुर खडका पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले लागू औषध ओसारपसार अन्तर्गत मुद्दा चलाएको थियो ।
कैलालीमा सवडिभिजन वन कार्यालय चौमालले केही दिनअघि काठ तस्करीको आरोपमा वडा सदस्य निरज चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । गौरिगंगा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य निरज चौधरीलाई ५० थान साल काठको कडी ढुवानी गरिरहेको अवस्थामा सवडिभिजन बन कार्यालय चौमालाले पक्राउ गरेको थियो । बन सवडिभिजन कार्यालयल चौमालाले उनीहरुले सालको कडी ढुवानी गर्न प्रयोग गरेको ट्याक्टर समेत नियन्त्रणमा लिएको थियो । से २ प ८९४ नम्बरको ट्याक्टरमा ढुंगाभित्र अवैध काठ लुकाएर तस्करी भइरहेको थियो ।
त्यस्तै, २०७६ असोज ७ गते डडेल्धुराको परशुराम नगरपालिकाका उपप्रमुख कलावती बोहराविरुद्ध मुद्दा प्रहरीमा दर्ता भएको थियो । नगर उपप्रमुख बोहरा विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता शीर्षकमा प्रहरीमा मुद्दा दायर भएको छ ।
त्यस्तै, उपप्रमुख बोहरासंगै अमरगढी नगरपालिका वडा नम्बर १० की वडा सदस्य बसन्ती भण्डारी विरुद्ध पनि प्रहरीमा मुद्दा रहेको छ । उप–प्रमुख कलावतीविरुद्ध दर्ता भएको मुद्दामा उनको नाम पनि उल्लेख छ । २०७६ असोज ७ गते नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा भएको तोडफोड, हातपात, तथा गालीगलौज घटनामा उनको संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो ।
त्यस्तै, डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सूर्यप्रकाश खड्का विरुद्ध शान्तिसुरक्षा खलल पु¥याएको कसुरमा प्रहरीमा मुद्दा दायर भएको छ ।
२०७६ असार २५ गते डडेल्धुरा अस्पतालका डाक्टर दिनेश उपाध्यायमाथि अभद्र व्यवहार गरी हातपात गरेको भन्दै अस्पतालका मेडिकलव सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कंडेलसहित १२ जनाले प्रहरीमा निवेदन दिएका थिए ।
त्यस्तै, बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष अम्मलाल कार्की विरुद्ध सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
२०७५ भदौ १६ गते वडाध्यक्ष कार्कीलाई प्रहरीले मदिरा सेवन गरेर हुलहुज्जत तथा गालीगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सज्जन बहादुर शाही विरुद्ध सार्बजनिक अपराधमा प्रहरीमा मुद्दा दर्ता भएको थियो ।
उनीमाथि महिलाहरुलाई अभद्र व्यवहार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय अछामको २०७६ साउन ६ गतेको आदेश अनुसार वडाध्यक्ष शाही चार हजार रुपैया धरौटी तिरेर तारेखमा रिहा भएका थिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बल बहादुर ऐर विरुद्ध पनि सार्वजनिक अपराध सम्बन्धी मुद्दा दायर भएको थियो ।
त्यस्तै, डोटीको दिपायल सिलगाढी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र बहादुर खड्का, बाजुराको खप्तड छेडेदह गाउ“पालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र रावत, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाहीलाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का अध्यक्ष नृप खत्री विरुद्ध मदिरा सेवन गरेर सार्वजनिक रुपमा होहल्ला हुुलहुज्जत गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार