१२ बैशाख २०८१, बुधबार

नेकपा र समाजवादीको जम्काभेट



धनगढी/ सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरूबीच जम्काभेट भएको छ । सोमबार विमानस्थलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलसंग भट्टराईको भेट भएको हो ।
आफूहरूबीच विमानस्थलमा भेट भएको फोटो अध्यक्ष भट्टराईले ट्वीट गरेका छन् । उनले फोटो खिच्न लाग्दा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चस्का पस्ने हो कि भन्ने कुरा उठेको ठट्टासमेत ट्वीटमा खुलाएका छन् ।
‘धनगढी विमानस्थलमा नेकपाका नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावललगायतसग जम्काभेट । फोटो खिच्न लाग्दा कमरेड केपी–पिकेलाई चस्को पस्ने हो कि ? भन्ने ठट्टा पनि चल्यो,’ भट्टराईले ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार