१० श्रावण २०८१, बिहीबार

थरुहटद्वारा आमहडताल घोषणा



धनगढी । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले तराईमा आमहड्तालको घोषणा गरेको छ । सरकारसंग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन आमहड्तालको घोषणा गरेको हो ।
आफना माग पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा पनि यहि फागुन २० र २१ गते शान्तिपूर्ण सशक्त आम हड्तालको कार्यक्रम घोषणा गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए ।
मोर्चाले विज्ञप्ति निकालेर आम हडतालको घोषणा गरेको छ । केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित विज्ञप्तीमा आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहने जनाइएको छ । आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार