७ बैशाख २०८२, आईतवार

अस्थायी कर्मचारीको माग– स्थायी गर



धनगढी । नेपाल सरकारका विभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले स्थायी गर्नुपर्ने माग दोहोराएका छन् ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्वारा धनगढीमा आयोजना गरिएको प्रदेशस्तरिय भेलामा उनीहरूले लामो समयदेखि काम गरिरहेका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग दोहोराए ।
भेलाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले श्रमवापतको ज्याला सबैले पाउनुपर्ने बताइन् । उनले भनिन्– प्रदेश सरकारले कर्मचारी, मजदुर सबैको हितमा काम गर्ने छ ।
कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष विमला आचार्यले सरकारले लामो समयदेखि कर्मचारीमाथि विभेद गरिरहेको गुनासो गरिन् । ‘यहा“ सरकारले नै विभिन्न श्रेणी तथा वर्गका रुपमा कर्मचारी भर्ना गरेका छन्’ उनले भनिन्– सोही अनुसार सेवा सुविधा पनि तोकिएको छ । कसैले न्यून ज्यालामा लामो समय काम गर्नु परेको छ भने कसैको ज्याला वर्षेनी बढोत्तरी हु“दै आएको छ ।
संघका प्रदेश अध्यक्ष इन्द्र कठायतको अध्यक्षतामा भएको कार्यक्रममा टे«ड युनियन महासंघ इन्चार्ज विमला आचार्य, अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका प्रवक्ता तथा उपाध्यक्ष श्याम सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संघका प्रदेश इन्चार्ज रिता भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव यदुनाथ न्यौपानेले गरेका थिए ।
यस्तै शनिबारनै प्रदेश कमिटि पनि गठन गरिएको छ । इन्द्र कठायतको अध्यक्षतामा २५ सदस्यीय नया“ कार्य समिति गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार