१० श्रावण २०८१, बिहीबार

पार्टी फुट्छ भन्ने निराधार हल्ला– रावल



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी भित्रको बहसमा फरक विचार आउनु स्वाभाविक भएको र त्यसले नै पार्टी फुट्छ भन्नु निराधार भएको बताए ।
एकअर्को प्रसंगमा नेता रावलले एमसिसिमा जनताको चासो बढेकोमा खुशी व्यक्त गरे । उनले एमसिसिबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताउ“दै पार्टीको आधिकारिक धारणा केही दिनभित्रै आउने बताए ।
उनले राष्ट्रिय सभा सदस्यबारे पार्टी केन्द्रीय कमिटि बैठकले गरेको निर्णय सबैले मान्नु पर्ने बताए । केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार