१० श्रावण २०८१, बिहीबार

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश भेला



धनगढी । आन्दोलन जागरण अभियान सम्बन्धि अगुवा संगठनहरुको भेला शनिबार धनगढीमा भएको छ । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सो भेला सम्पन्न भएको हो ।
संघीय निजामती सेवा ऐन संसदमा पारित हुने अवस्थामा रहेकोले सो ऐन कर्मचारीमैत्री बनाउनुपर्ने उद्देश्यले सो भेला आयोजना गरिएको जनाइएको छ । भेलाले १९ बुँदे प्रस्ताव पारित गरेको नेपाल निजामती कर्मचारी संगठन कैलालीका अध्यक्ष श्यामराज जोशीले जानकारी दिए ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सुदूरपश्चिम स्तरीय भेलामा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष रतन थापा, सचिवालय सदस्य रणबहादुर चन्द, पेशागत महासंघ नेपालका महासचिव विष्णु लामिछाने, रामचन्द्र अधिकारी, लेखा आयोगका केन्द्रिय संयोजक जयदेव जोशी, कञ्चनपुर जिल्ला अध्यक्ष देवदत्त जोशीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज सुनैना श्रेष्ठले गरेकी थिइन भने स्वागत मन्तव्य जिल्ला अध्यक्ष श्याम जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार