१४ बैशाख २०८१, शुक्रबार

विश्व नेपाली साहित्य महोत्सव शुरु (फाेटाे फिचरसहित)



????????????????????????????????????

धनगढी । नेपाली भाषा साहित्यलाई विश्वभर परिचित गराउने र विश्वका नेपाली साहित्यकारहरुको अनुभव साँट्ने उद्देश्यले धनगढीमा बुधबार विश्व नेपाली साहित्य महोत्सव शुरु भएको छ ।
सुदूरपश्चिम साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रबद्र्धनमा आयोजित साहित्य महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । फागुन २० गतेसम्म चल्ने महोत्सवमा विश्वभरका साहित्यकारहरुले भाग लिएका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकारहरु धनगढी आएका छन् ।
महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारहरुको सम्वाद, कार्यपत्र प्रस्तुती, टिप्पणी, अनुभव शेयरिङ र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुती भइरहेको छ । महोत्सवमा ५० वटा सेसनमा करिब डेढ सय जना साहित्यसकारहरुको सम्वाद तथा प्रस्तुती रहने कार्यसूचि छ ।
उद्घाटन कार्यक्रममा सताव्धी पुरुष सत्यमोहना जोशी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकारहरु मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, वद्रीनाथ भण्डारी, तुल्सीराम जोशी, निर्माण व्यवसायी मदन कुँवरलाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र जातजातिहरुको संस्कृति झल्किने सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । पञ्चेवाजा, हुड्के, भुवा, होरी, छलिया, सखिया, झुम्रा, मुग्रहुवा लगायतका नाचको झाँकी प्रदर्शन गरिएको थियो । उद्घाटन कार्यक्रम शुरु हुनु पुर्व धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्ट्स्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको थियो ।
महोत्सवमा बुधबार नै साहित्य सत्र शुरु भएको छ । पहिलो सत्रमा बरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र साहित्यकार मोदनाथ प्रश्रितबीचको ‘साहित्य र राजनीति ः अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध’ बीचको सम्वाद पत्रकार तथा साहित्यकार नारायण वाग्लेले प्रस्तुत गरेका थिए । त्यसैगरी, संघीय सांसद् शान्ता चौधरी र सुदूरपश्चिम प्रदेश सांसद् उमा वादीको संघर्ष र सफलताको कथा पत्रकार मनमोहन स्वाँरले प्रस्तुत गरेका छन् ।

नेपाली भाषा विश्वको उन्नत भाषा : राष्ट्रपति भण्डारी

????????????????????????????????????

राष्ट्रपति विद्यादेवि भण्डारीले विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्दै नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताइन् ।
उनले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रुपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन् । उनले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन् । ‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउन्छ’ उनले भनिन्, ‘यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने मैले महशुष गरेकी छु ।’
उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन् । उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको शिरवृद्धि भएको छ ।’
उनले मानव जातीको अथक परिश्रमद्धारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन् । ‘साहित्य समसामहिक समाजको ऐना समेत हो’ उनले भनिन्, ‘साहित्य र समाजबिचको एक आपसमा अनुन्याश्रित सम्बन्ध हुन्छ । साहित्यले युगयुगसम्म प्रभावित पारिरहेको हुन्छ ।’
उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भइरहेको बताइन् । उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम रहेको बताइन् । उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा राष्ट्रले योग्दान पु¥याउनु पर्दछ ।’
उनले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुमा भाषीक तथा भावानात्मक एकता प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् । ‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।
उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउ“दै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने बताउ“दै भनिन्, ‘असल साहित्य सृजनामा साहित्कार क्रियाशिल हुन जरुरी छ ।’
उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवद्र्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् । ‘नेपाली भाषा, संगित, कला, साहित्य, रितिरिवाजका पक्षपोसकहरु विश्वभरी फैलिएर रहेका छन्’ उनले भनिन्, ‘कला, संगित र साहित्यले देशभित्र विभिन्न सम्प्रदाय र समुहलाई एकतामा बा“ध्न सहयोग पु¥याएको छ ।’

संस्कृति जोगाउन अबको पिढी सतर्क हुनुपर्छ : पूर्वप्रम चन्द

????????????????????????????????????

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुकबासी र मुलुक बलियो हुने बताए । उनले साहित्य, कला र संगीतले संस्कृति बन्ने गरेको बताउँदै उनले संस्कृति कमजोर रहेको मुलुकमा मुलुकबासी र मुलुक कमजोर हुने गरेको टिप्पणी गरे । उनले पछिल्लो समयमा संस्कृतिमाथि आक्रमण नै नभएपनि संस्कृतिमाथि खतरा बढेको टिप्पणी गरे । ‘हाम्रो संस्कृतिमाथि आक्रमण नै भइसकेको छैन,’ उनले भने, ‘तर आक्रमण हुन सक्छ ।’
संस्कृति संरक्षणका लागि ध्यान दिनुपर्ने बेला आइसकेको बताउँदै पूर्वप्रधानमन्त्री चन्दले नयाँ पिढीलाई संस्कृति जोगाउन सतर्क बनाउनुपर्ने बताए । ‘अहिलेका पिढी यसप्रति सतर्क भइदिदा राम्रो हुन्छ,’ उनले भने, ‘केटा केटीले नेपाली बोल्छन् तर अंग्रेजी टोनमा । नेपाली बोलेको कि अंग्रेजी बुझ्नै सकिन्न ।’
उनले नेपाल जस्तो विकासशील देशले नागरिकको प्राथमिक आवश्यकतामा बढि ध्यान दिने भएकाले भाषा साहित्यतिर ध्यान दिन नसक्ने गरेको बताए । उनले स्वाभाविक रुपमा भाषा र साहित्यमा नेपालले ध्यान दिन सकेको बताउँदै अवको दिनमा भाषा साहित्यलाई पनि ध्यान दिनुपर्ने बताए ।
डोडेली साम्राज्यबाट नेपाली सभ्यता, भाषा, कला र साहित्यको विकास भयो ः उद्योगमन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले डोडेली साम्राज्यबाट नेपाली सभ्यता, भाषा, कला र साहित्यको विकास भएको दावी गरे । उनले नेपाली भाषा, साहित्य र सभ्यताको अध्ययन र अन्वेषण गर्न जरुरी रहेको बताए । उनले इतिहास नजानेपछि विकास गर्न कठिन हुने बताउँदै विकास लागि इतिहास जान्न जरुरी रहेको बताए ।
उनले सत्ता परिवर्तन भएपनि नागरिकले सत्ता परिवर्तनको महसुस गर्न नपाएको बताए । उनले पुरानो सोच र दृष्टिले अहिलेको सत्ता महसुस गर्न नसकिने बताउँदै सोच बदल्न जरुरी रहेको बताए । आलोचना नभई कमीकमजोरीहरु औंल्याउने र सच्याउन सुझाव दिनुको सट्टा आलोचनाको नाममा आलोचना भइरहेको बताए । उनले साना साना कुरामा आलोचना र विरोध गर्ने परिपार्टीले विकास सम्भव नहुने बताउँदै विकासका लागि कमीकमजोरी देखाइदिन आग्रह गरे । उनले कमीकमजोरी व्यक्तिबाट हुने गरेको र त्यसमा सरकार र पार्टीलाई जोड्ने प्रवृत्तिले विकासका काममा अवरोध भइरहेको बताए ।
मन्त्री भट्टले नेपाल सरकारले सुखी नेपाली समृद्ध नेपाल बनाउन सरकारले झापादेखि कञ्चनपुरसम्म पूर्वपश्चिम औद्योगिक करिडोर निर्माणका लागि अगाडि बढेको बताए । उनले देशभर यसवर्ष ७० वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना भइरहेको बताए । उनले ३४ वटा स्थानीय तहसंग सम्झौता भएर काम अगाडि बढेको र ३६ वटा स्थानीय तहसंग सम्झौता गर्ने क्रममा रहेको बताए । उनले सात ५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताए ।

सबैको एकीकृत रुपमा विकास गर्न सके प्रदेशको विकास हुन्छ : मुख्यमन्त्री भट्ट

????????????????????????????????????

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशलाई नेपाली भाषाको उद्गम थलोको रुपमा चिनाउने प्रयास शुरु भएको बताए । उनले महोत्सवले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिलाई विश्वसामु परिचित गराउने बताए ।
सुदूरपश्चिममा हरेक जातजाति र क्षेत्रको फरक फरक संस्कृति रहेको बताउँदै उनले सबैको एकीकृत रुपमा विकास गर्न सके प्रदेशको विकास पनि अगाडि बढाउन सकिने बताए । उनले सांस्कृतिक पर्यटनको सम्भावना प्रदेशमा रहेको बताउँदै यसैबाट रोजगारी सृजना गरी प्रदेशको आर्थिक विकास गर्न सकिने बताए ।
महोत्सवमा वृहतरुपमा छलफल गरी अबको विकासको दिशा निर्धारण गर्न सघाउ पुग्ने विश्वास समेत मुख्यमन्त्री भट्टले व्यक्त गरे । उनले संविधानले दिएको अधिकार महिलाहरुले प्रयोग गर्न नपाएको बताउँदै त्यसका लागि प्रदेश सरकारले नीति बनाएर पास गरेको बताए । उनले सो नीति अनुसार कार्यक्रम लागु गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारदमुनि राना, वरिष्ठ साहित्यकार तथा सताव्धी पुरुष सत्यमोहना जोशी, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार