१६ चैत्र २०८०, शुक्रबार

विश्व नेपाली साहित्य महोत्सव शुरु



धनगढी । सुदूरपश्चिम साहित्य समाजको आयोजनामा भरखरै शुरु भएको विश्व नेपाली साहित्य महोत्सवको अवसरमा बुधबार दिउँसो धनगढीमा बृहत सांस्कृतिक झाँकी निकालिएको छ ।
धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्टस्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको हो । झाँकीमा सुदूरपश्चिम प्रदेशका पख्र्यात हुड्के, भुवा, पञ्चेवाजा, सचिया, मुंग्रहुवा, लगायतका नाच सहभागी गराइएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रबद्र्धन रहेको महोत्सवको उद्घाटन कार्यक्रम शुरु भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख सर्मिलाकुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामु्ख, उपसभामुख, मन्त्रीहरु, सांसद्, साहित्यकारहरु सहभागी छन् ।
महोत्सवमा भाग लिन विश्वभरबाट नेपाली भाषी साहित्यकारहरु धनगढी आएका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकारहरु आएका छन् ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्न केहीबेरमै कार्यक्रम स्थलमा पुग्ने जनाइएको छ । महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको साहित्यस समाजले जनाएको छ । उद्घाटनपछि राष्ट्रपति भण्डारीले साहित्य समाजको भवन अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार