३ जेष्ठ २०८१, बिहीबार

गाउँपालिकाको पोषण चौतारी कार्यक्रम



डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिले पोषण चौतारी कार्यक्रम लागू गरेपछि पोषणको अवस्थामा उल्लेख्य सुधार आएको दाबी गरेको छ ।
गाउ“पालिकाले दुई वर्षदेखि सञ्चालन गरिरहेको पोषण चौतारी कार्यक्रमबाट पोषणको अवस्थामा निकै सुधार आएको जनाएको छ ।
पोषण चौतारी कार्यक्रममा हजार दिनका आमाहरू बच्चा सहित सहभागी भइरहेका छन् ।
नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का गीता बोहराले भनिन्– विगतमा हामी बालबच्चालाई आफूस“गैको खाना दिए पुग्छ भने सोच्थ्यौं, यो कार्यक्रम लागू भएपछि बालबच्चालाई पोषिलो खाना खुवाउने गरेका छौं ।
पोषण चौतारी कार्यक्रममा जन्मदेखि दुई वर्ष मुनिका बालबालिकाको वृद्धि अनुगमन, पोषणको अवस्थाबारे आमालाई जानकारी दिने, हजार दिनका आमालाई पोषण परामर्श र स्वास्थ्य शिक्षा दिने, घरायसी तथा व्यक्तिगत सरसफाइ, हात धुने, चर्पीको प्रयोगबारे स्वास्थ्य शिक्षा तथा प्रदर्शनी पोषण खानेकुरा, पोषिलो लिटो, जाउलो, खिर, प्रदर्शनी गर्ने तथा बनाउने तरिकाबारे छलफल हुने गरेको छ ।
बालबालिकाको नाप लिने बालभिटा वितरण गर्ने, कुपोषित बालबालिका भेटिएमा स्वास्थ्य संस्थामा जान अविभावकलाई अनुरोध गर्ने, नियमित गर्भ जा“च गर्ने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिन तथा पोषण अवस्थामा सुधार ल्याउन प्रोत्साहन स्वरुप हजार दिनका आमाहरूलाई आयोडिन नुन र अन्डा वितरण समेत गर्ने स्वास्थ्य स्वयंसेविका सीता भट्टले बताइन् । उनले भनिन– हामी दुई वर्षबाट हजार दिनका बच्चालाई पोषिलो जाउलो, खिर समूहमै खुवाउ“छौ । अहिले कोही बच्चामा कुपोषण छैन ।
गाउपालिकाले दुई वर्ष छ महिनासम्मको अवधिमा हजार दिनका आमा तथा बच्चामा सुधार देखिएको बताएको छ । स्वास्थ्य शाखा उपप्रमुख दीपेन्द्र विष्टले भने– हामी अहिले पोषणमैत्री गाउ“पालिका बन्ने चरणमा आइपुगेका छौं ।
गाउ“पालिकाभरि २५ टोलमा सञ्चालित पोषण चौतारी कार्यक्रम हजार दिनका आमालाई लक्षित गरी ल्याइएको छ ।
स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिन तथा पोषण अवस्थामा सुधार ल्याउन प्रोत्साहन स्वरुप हजार दिनका आमाहरूलाई पालिकाले अहिले एक वर्षमा ६ पटक आयोडिन नुन र अन्डा वितरण गर्ने गर्ने गरेको छ । यसका लागि गाउ“पालिकाले हरेक वर्ष ८ देखि १० लाख खर्च गर्दै आएको सामाजिक विकास समिति संयोजक पदम विष्टले बताए ।
पोषण चौतारी गाउ“पालिकामा सञ्चालन भएपछि गाउ“पालिकाको वडा नं ३ लाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । साथै पालिकाको स्वास्थ्य शाखाले गाउ“पालिको कुनै एक वडालाई छिट्टै पोषणमैत्री वडा वा टोल घोषणा गर्ने तयारी समेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार