१० श्रावण २०८१, बिहीबार

कोरोना भाइरस रोकथामका लागि हेल्थडेस्क स्थापना



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन धनगढी विमानस्थलमा हेल्थ डेस्कको स्थापना गरेको छ ।
कैलाली र कञ्चनपुरका विभिन्न सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको मन्त्रालयले शुक्रबार धनगढी बिमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गरेको जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले चीन, थाइल्याण्ड लगायतका मुलुकबाट नेपाल फर्किने नागरिकलाई दृष्टिगत गर्दै हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिए । उनले हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी राखेर शंकास्पद व्यक्तिहरूको स्वास्थ्यजा“च गरिने बताए ।
बिमानस्थलमा कोरोना भाइरसका शंकास्पद व्यक्ति भेटिएमा तुरुन्त सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएर उपचार गर्नका लागि अस्पतालमा छुट्टै कक्षको समेत स्थापना भइसकेको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार प्रदेश सामाजिक विकास मन्त्रालयले पुर्वसतर्कता अपनाउँदै हेल्थ डेस्क स्थापना गरिरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिहं कार्कीले बताए ।
उनले हेल्थ डेस्क स्थापना गरिएका स्थानमा उपकरणसहित दुई÷दुई जना स्वास्थ्यकर्मी खटाइएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार