१० श्रावण २०८१, बिहीबार

ठूलो मात्रामा काठका गोलीया बरामद



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा अवैध रुपमा लुकाएर राखेको काठ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको एक टोलीले बुधबार विहान काठ बरामद गरेको हो ।
घण्टेश्वर सामुदायिक वन उपभोक्ता समूहका विभिन्न व्यक्तीका घरमा अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा ४१ थन कडी पट , गोलीया सहति ६२ दशमलव ७६ क्युफिट काठ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बिशेष सुचनाको आधारमा ठुलो परिणाममा काठका गोलिया र चिरान गरेर राखेका कडीहरु बिशेष सूचनाका अधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । हिजो रातिदेखि बरामद गर्ने प्रयास गरिएको काठ विहान मात्र बरामद गर्न सफल भएको उनले बताए । सोही ठाउँका कमलबहादुर विष्ट र चन्द्रमान विष्टको घरमा प्रहरीले लुकाएको अवस्थामा काठ बरामद गरेको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार बरामद काठ वन कार्यालयलाई बुझाइएको छ । यस्तै काठ तस्करीमा संलग्न रहेको भन्दै जनप्रभात माध्यामिक विद्यालयका प्रधानाध्यापक ,घण्टेश्वर सामुदायिक वनका अध्यक्ष चन्द्रमान विष्ट, र स्थानीय कमल विष्ट समेत पक्राउ गरेर वन कार्यालाई बुझाएको जनाएको छ । तर वन डिभिजन कार्यालय कैलालीका वन अधिकृत रामनारायण यादबले भने प्रहरीले पक्राउ परेका मान्छे नबुझाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार