२३ बैशाख २०८१, आईतवार

एसपीएको २१ औं वार्षिकोत्सव : उत्कृष्ट छ विद्यार्थीलाई प्रतिभा सम्मान



धनगढी/ धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एपीए) ले विभिन्न विधामा उत्कृष्ट छ जना विद्यार्थीलाई प्रतिभा सम्मान, २०७६ प्रदान गरेको छ ।
मंगलबार एकेडेमीको २१ औं वार्षिकोत्सव समारोहमा एसपीएमा अध्ययन गरेर विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका छ जना विद्यार्थीलाई सम्मान गरियो ।
सो अवसरमा १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिम सदस्य लक्ष्मी साउँद, यशोदा बिष्ट र ईश्वरी बिष्ट, राष्ट्रिय क्रिकेट टिमका सदस्य लोकेश बम तथा मलेसियामा भएको वल्र्ड कराते च्याम्यिनसीपमा रजत पदक विजेता कमल ओली तथा नेपाल आइडल–३ मा उत्कृष्ट ११ मा पुगेका कमल सोवलाई प्रतिभा सम्मान प्रदान गरियो ।
समारोहमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उनीहरूलाई सम्मानपत्र वितरण गरे ।
समारोहमा मन्त्री बोहराले रोजगारीका लागि विदेशिने मानसिकताका विद्यार्थी उत्पादन गरेर मुलुक समृद्ध हुननसक्ने चर्चा गरे । मन्त्री बोहराले शैक्षिक प्रणालीमा सुधार नभएका कारण विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने थलामा सिमित भएको बताए ।
वार्षिकोत्सव कार्यक्रमा एकेडेमीका अध्यक्ष योगेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा एकेडेमीका निर्देशक सुवास शाहीले विद्यार्थीमा रहेको अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि एसपीएले निरन्तर प्रयास गरिरहेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार