२० बैशाख २०८१, बिहीबार

संसदीय समितिमा नीजि र साझेदारी व्यवसाय दर्ता विधेयकमाथि दफावार छलफल जारी



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नीजि र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकहरूमाथि दफावार छलफल जारी रहेको छ ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा ती विधेयकहरूमाथि प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय र कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरूलाई सहिभागी गराएर दफावार छलफल गरेको थियो । संसदीयस मितिले आइतबारदेखि ती विधेयकहरूमाथि दफावार छलफल शुरु गरेको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीजि व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभामा पेश गरेपछि सभाले सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि अर्थ समितिमा पठाएको छ ।
अर्थ समितिका सभापति हर्कबहादुर (गोविन्द) कुँवरले विज्ञ र उद्योगी व्यवसायीहरूको सहभागितामा दफावार छलफल टुंगिएको बताए ।
सभापति कुँवरले आज (मंगलबार) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र मन्त्रालयका सचिवलाई बोलाएर नीजि व्यवसाय दर्ता सम्बन्धी विधेयकमाथिको दफावार छलफल टुंगो लगाएर प्रदेश सभामा प्रतिवेदन पेस गर्ने जानकारी दिए ।
उनले साझेदारी व्यवसाय दर्ता सम्बन्धी विधेयकमाथि दफावार छलफलको प्रतिवेदन प्रदेश सभाको अर्को बैठकमा प्रस्तुत गर्ने गरी टुंग्याइने बताए ।
सोमबारको दफावार छलफलमा अर्थ समितिका सदस्य प्रदेश सांसद्हरू र उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कु“वर, महासचिव ओम बिष्ट लगायतको सहभागिता थियो ।
संसदीय समिति सभापति कु“वरले दफावार छलफलका क्रममा केही विषयवस्तुहरूमा संशोधन गर्नुपर्ने सुझाव आएको बताए ।
प्रदेश सभाको अर्को बैठक भोली बुधबार १ बजे हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार