२० बैशाख २०८१, बिहीबार

दार्चुलामा खोरेतको प्रकोप फैलियो



दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पशुचौपायमा खोरेत रोगको प्रकोप फैलिएको छ । नौगाड गाउँपालिकाको वडा नम्बर ६ को धुलिगाड, खेडा, गडिगाड, टुइर, सल्याड, पानढुंगा, लेक, खालीडाडा लगायतका गाउमा पशुचौपायमा खोरेत रोगको प्रकोप बढिरहेको स्थानीयले बताएका छन् ।
खोरेत रोगका कारण अहिलेसम्म ३० वटा गाई, भैँसी, बाख्रा र पाडापाडीको मृत्यु भईसकेको छ । स्थानीयका अनुसार एक सय बढि पशुचौपायामा खोरेत रोग देखिएको छ ।
गाउ“पालिका अध्यक्ष प्रेमसिंह धामीले खोरेत रोग फैलिएको गाउँमा पशु प्राविधिक तथा स्वयंसेवक परिचालन गरिएको बताए । उनले खोरेत रोग विरुद्धको भ्याक्सिन लगाउन औषधि ल्याउने काम भइरहेको बताए । अध्यक्ष धामीले खोरेत लगायतका पशुचौपायामा देखापर्ने रोगको रोकथामका लागि औषधीको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको बताए ।
पशु प्राविधिक रमेश ठगुन्नाले खोरेत रोगको संक्रमण भएका पशुचौपायाको रक्त नमूना तथा फोटोहरू संकलन गरे पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी पठाएको बताए । उनले खोरेत रोगको प्रकोप फैलिएको गाउ“का किसानलाई रोग थप फैलिन नदिन गर्नुपर्ने तयारीबारे जानकारी दिने काम भइरहेको बताए ।
पशुचौपायामा खोरेत रोग लागेको पशुमा मुखभित्रको म्युकस झिल्ली रातो हुने, मुखभित्र जिब्रो, गिजा र खुट्टाको दुई खुरको बीचमा फोका निस्किने, मुखबाट बाक्लो लस्सादार ¥याल चुहिरहने, खुट्टा खोच्याउने, १०६ डिग्री ज्वरो आउने, दानापानी नखाने, दूध कम हुने लगायतका लक्षण देखा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार