१४ बैशाख २०८१, शुक्रबार

फाया नेपालको परियोजना सिकाई आदान प्रदान कार्यशाला गोष्ठी



धनगढी । जनचेतना तथा युवा जागरण मंच (फाया) नेपालको परियोजना सिकाई आदान प्रदान कार्यशाला गोष्ठी भएको छ ।
कैलाली जिल्लामा सञ्चालित “नेपालमा समावेशी विपद उत्थानशील प्रयासहरुबाट जोखिमपूर्ण समुदायको पूर्वतयारी स्थिती निमार्ण परियोजना” अवधि समाप्त हुनै लाग्दा गोष्ठीको आयोजना गरिएको थियो ।
जेष्ठ नागरिक, अपाड्ड, गरिब विपन्न र समाजमा पछाडि पारिएका वर्गहरुको क्षेत्रमा काम गर्दै आएको सो परियोजना २०२० मार्च ३१ मा पुरा हुदैछ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिमा सो परियोजना सञ्चालन भइरहेको छ ।
कार्यशाला गोष्ठी पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले परियोजना सञ्चालनपछि जेष्ठ नागरिक संगठित भएको बताए । जेष्ठ नागरिकहरुले संगठित रुपमा आफ्ना समस्याहरु उजागर गर्नसक्ने भएको उनले बताए । पाँच वर्षको परियोजना अवधि सकिएपनि पुनः नयाँ कार्यक्रम ल्याएर आउने उनले बताए ।
परियोजना निर्देशक धर्मराज पाठकले जेष्ठ नागरिक मैत्री भौतिक संरचना निमार्ण, जेष्ठ नागरिकका समस्या र गुनासोलाई ध्यानमा राखेर काम गरेको बताए । उनले परियोजना सञ्चालनको समयमा विभिन्न स्थानीय तहहरुसंग समन्वय गरेर जेष्ठ नागरिकका सवालमा योजनाहरु बनाउन प्रेरित गरेको बताए ।
आकस्मीकरुपमा विपत आईपरेमा सहजिकरणको लागि वडा अध्यक्षताको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरेको भएका चन पाठकले भने समितिहरुले आकस्मीक कोष परिचालन, अन्तराष्टिय दिवसहरु मनाउने, समाजमा पछाडि पारिएका, जेष्ठ नागरिक र विपन्न वर्ग सवालमा आवाजहरु उठान मद्धत गर्ने छन । परियोजनामा ३० जना बढी जेष्ठ नगरिकलाई विभिन्न आयआर्जनका तालिम, २९ जनालाई जेष्ठ नागरिक र शारिरीकरुपमा अशक्तहरुको कसरी हेरचाह गर्न सकिन्छ भन्ने तालिम दिएको उनले बताए । यस्तै परियोजनाले रक्तदान कार्यक्रम, सडक नाटक पर्दशन, प्राथमिक उपचार, जेष्ठ नागरिकलाई विभिन्न तालिमहरु प्रदान गरेको निर्देशक पाठकले बताए ।
कार्यशाला गोष्ठीमा सहभागीहरुले फाया नेपालले सञ्चालन गरेको उक्त परियोजनाबाट थुप्रै जेष्ठ नागरिकहरु लाभान्वित भएको प्रतिक्रिया दिएका थिए । सहभागी रामचन्द्र जोशीले फाया नेपालले आगामी दिनमा जेष्ठ नागरिक संगसंगै अपाड्डका सवालमा काम गर्नुपर्ने धारणा राखे ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टले जेष्ठ नागरिकबाट समाजिक मूल्य मान्यता, सस्कृति र परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी रहेको बताए । उनले जेष्ठ नागरिकबाट नयाँ पुस्ताले धेरै कुराहरु सिक्नुपर्ने धारणा राखे । सचिव बिष्टले कुनैपनि संघ संस्थाले कति काम गर्यौ भन्दापनि के काम गर्यौ भन्ने कुरा महत्वपुर्ण भएको बताए ।
गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले सो परियोजनाले सिर्जनशिल काम गरेको बताइन् । गैरसरकारी संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदानले राज्यलाई सहयोग पुग्ने उनले बताइन् । उपप्रमुख कडायतले फाया नेपालले सञ्चालन गरेको सो परियोजनाबाट स्थानीय सरकारलाई ठूलो सिकाई उपलब्धीसंगै थुप्रै अदाहरणीय काम भएको बताइन ।
संविधानमै उल्लेख भएको जेष्ठ नागरिकाको हक बमोजिम गोदावरी नगरपालिकाले जेष्ठ नागरिकका सवालमा थुप्रै बजेट तथा योजना विनियोजन गरेको उनले बताइन् । यस्तै सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट्, जेष्ठ नागरिकले घण्टौसम्म लाईन्मा बस्नुपर्ने बाध्यता जस्ता सहभागीहरुको गुनासोलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यशाला गोष्ठीको समापन फाया नेपालका अध्यक्ष लोकराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार