१६ बैशाख २०८१, आईतवार

सरस्वती माविको वार्षिकोत्सव



धनगढी/ गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीस्थित सरस्वती माध्यामिक विद्यालयको ५३ औं वार्षिकोत्सव शनिबार भएको छ ।
वार्षिकोत्सवको सुदूरपश्चिम प्रदेश सभा सदस्य दिर्घबहादुर सोडारीले उद्घाटन गरे ।
कार्यक्रममा गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत वडा अध्यक्ष लाहानु चौधरी, नगर कार्यपालिका सदस्य राधिका जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक वेद प्रसाद ओझाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयका उच्च मावि संयोजक शिक्षक सागर जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव बिष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार