३ जेष्ठ २०८१, बिहीबार

सूचना प्रविधिसम्बन्धी अन्तक्र्रिया



धनगढी । संघीय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको आयोजना शनिबार धनगढीमा सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले उद्घाटन गरे ।
सो अवसरमा सचिव सुवेदीले इन्टरनेट तथा फोन सेवालाई चुस्त दुरुष्ट बनाउन मन्त्रालयले काम गरिरहेको बताए । उनले इन्टरनेट तथा फोन सेवा सस्तो बनाउनका लागि एउटै पुर्वाधार सबै दुरसञ्चार कम्पनीहरूले प्रयोग गर्न सक्ने व्यवस्था गर्न लागेको बताए । उनले त्यसवापत कम्पनीहरूले दुरसञ्चार प्राधिकरणलाई भाडा तिर्नुपर्ने बताए ।
कार्यक्रमा मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले सरकारले सूचना प्रविधि, आमसञ्चार, हुलाक, चलचित्र, विज्ञापन सहितका क्षेत्रमा युगानुकुल नीतिगत व्यवस्था गरेको चर्चा गरे ।
उनले सूचना तथा सञ्चार प्रविधिसंग जोडिएका सबै पक्षलाई समेटेर एकिकृत आम सञ्चार ऐन ल्याउन पहल भइरहेको बताए ।
सहसचिव तिवारीले आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्रालयले विभिन्न प्रयासहरू गरिरहेको बताए । उनले विज्ञापन सम्बन्धी ऐन पास भइसकेपछि छिट्टै विज्ञापन प्राधिकरण गठन गर्ने तयारी भइरहेको बताए ।
उद्घाटन कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले ऐन कानुनमा रहेर सञ्चार माध्यमहरूले काम गर्न आग्रह गरे । उनले ऐनकानूनमा देखिएका कमीकमजोरी हटाएर परिमार्जन तथा सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयका उपसचिव मुकुन्द शर्माले सञ्चार तथा सूचना प्रविधि सम्बन्धी मौजुदा व्यवस्था सम्बन्धी प्रस्तुती गरेका थिए भने मन्त्रालयका ईञ्जिनियर प्रवेश कोइरालाले इमेल निर्देशका र डिजिटल सिग्नेचर सम्बन्धी प्रस्तुती गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मनमोहन स्वार र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले पनि मन्तव्य व्यक्त गरेका थिए ।
आज (आइतबार) सम्म चल्ने अन्तक्र्रियामा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारी, नेपाल टेलिकमका कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार