२१ बैशाख २०८१, शुक्रबार

छिट्टै पर्यटन सूचना केन्द्र सञ्चालन हुन्छ– मन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले आगामी फागुन ५ गते प्रदेशमा पर्यटन सूचना केन्द्रहरू स्थापना हुने बताएकी छिन् ।
प्रदेश पर्यटन मन्त्रालयले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले नेपाल भ्रमण वर्ष २०२० का लागि सूचना केन्द्र स्थापनाको तयारी भइरहेको बताइन् ।
प्रदेश पर्यटन मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा सात वटा पर्यटन सूचना केन्द्र स्थापना तथा सञ्चालनका लागि १० लाख रुपैयाका दरले ७० लाख रुपैया“ विनियोजन गरेको छ ।
मन्त्रालयले कैलालीको धनगढी–त्रिनगर, टीकापुर–खक्रौला र कर्र्णाली–चिसापानी तथा कञ्चनपुरको गड्डचौकी नाका, बैतडीको झुलाघाट, दार्चुलाको धार्चुला र बझाङको धुली–साइपालमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने यसअघि नै जनाइसकेको छ ।
सो अवसरमा मन्त्री भट्टले पर्यटन विकासका लागि मन्त्रालयले तीन वर्षे पर्यटन रणनीति पनि बनाइरहेको बताइन् ।
उनले भ्रमण वर्षको पहिलो एक महिनाको प्रगति बारे चर्चा गर्दै ‘भौतिक पुर्वाधार विकासको लागि पर्यटन ईकाईले काम गरिरहेको र मन्त्रालयले प्रचारात्मक काम अघि बढाएको” बताइन् । उनले स्थानीय तह र पर्यटन प्रवद्र्धन समितिले पर्यटन गन्तव्यको प्रचारप्रसार गरिरहेको बताइन् ।
उनले प्रदेशको पर्यटन गन्तव्यहरूको प्रचारप्रसारका नेपाल आईडल रवि वडलाई पर्यटन दूत बनाएको बताइन् । उनले भनिन्– ‘पर्यटन दूत नियुक्त गर्ने सुदूररपश्चिम पहिलो प्रदेश हो ।
पत्रकार सम्मेलनमा पर्यटन दूत रविले पर्यटन प्रवद्र्धनको लागि भिडियो सन्देश कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।
उनले सुदूरपश्चिमको भिडियो डकुमेन्ट्री विदेशका विभिन्न कार्यक्रममा प्रदर्शन गर्ने तयारी भइरहेको बताए ।
उनले सुदूरपश्चिमका देउडा, हुड्केली, भुवा, छलिया, रानाहोली लगायतका मौलिक संस्कृतिको प्रचारप्रसार गर्न र पर्यटकहरूलाई भिडियो सन्देशबाट निम्तो दिन प्रोजेक्ट तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार