१५ बैशाख २०८१, शनिबार

४८ औ वार्षिकोत्सव मनाइयो



पुर्नवास । कञ्चनपुरको पुर्नवास नगरपालिका १० स्थित विजयमाविमो ४८ औ वार्षिकउत्सव भव्यरुपमा मनाइएको छ ।
वार्षिकउत्सवको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामातामाङले उद्घाटन गरेका थिए ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु विक, प्रधानाध्यापक भवानीप्रसाद अवस्थी लगायतले विद्यालयको अवस्था वारे प्रकाश पारेका थिए ।
सो अवसरमा प्रदेश सभा सदस्य तामाङ र पुर्नवास नगरपालिकाका उपप्रमुख शारदा विष्टले विद्यालयको शैक्षिक र भौतिक गुणस्तर उकास्न सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार