१५ बैशाख २०८१, शनिबार

कर्णालीमा “पानीजहाज” सञ्चालनका लागि पहल



धनगढी/ कर्णालीमा पानीजहाज सञ्चालनका लागि पहल शुरु गरिएको छ । कर्णाली नेपालको बसैभन्दा लामो नदी हो ।
कर्णाली नदीमा हाल ¥याफ्टिङ सञ्चालनमा रहेको छ । कैलालीका केही स्थानीय तहले कर्णालीमा पानीजहाज सञ्चालनको काम अघि बढाएका छन् ।
भारतको करुणाघाटदेखि सेती र कर्णालीको दोभानसम्मको करिब ७० किलोमिटरसम्म पानीजहाज सञ्चालन गर्नेगरि काम अघि बढाइएको जनाइएको छ ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको संयोजकत्वमा टीकापुर र लम्की नगरपालिका तथा मोहन्याल र जानकी गाउँपालिकाका प्रमुख÷अध्यक्ष सदस्य रहने गरि कर्णालीमा पानीजहाज सञ्चालन समिति समेत गठन गरिएको छ ।
पानीजहाज सञ्चालन समितिले कर्णाली नदीको अध्ययन अवलोकनसंगै सप्तकोशी र नारायणी नदीको पनि अध्ययन अवलोकन गरेको जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख थापाले भने– हामीले कर्णाली नदीको अध्ययन अवलोकन गरिसकेका छौं । एक हप्ताभित्रै विज्ञसहितको टोलीले त्यस क्षेत्रको सम्भाव्यता अध्ययन गर्नेछ । उनले विज्ञटोलीको अध्ययन गरेपछि पानीजहाज ल्याएर परीक्षण गरिने छ ।
उनले सप्तकोशी र नारायणी नदी झैं कर्णालीमा पनि जल यातायातको सम्भावना रहेको बताए । जिल्ला समन्वय समिति प्रमुख थापाका अनुसार सप्तकोशी नदीभन्दा कर्णाली नदीमा ठुलो छहरा नभएकाले कर्णालीमा जहाजलाई सहजै सञ्चालन गर्न सकिने छ ।
उनले विज्ञटोलीको प्रतिवेदनका आधारमा कर्णाली नदीमा चार वटा पानीजहाज सञ्चालन गरिने बताए । कर्णाली नदीमा प्रति घण्टा ७० किलोमिटर गतिको पानीजहाज चलाउन सकिने सम्भावना रहेको छ । कर्णाली नदीमा ३० जना मान्छे बोक्न सक्ने क्षमताका पानीजहाज चलाउन सकिने बताइएको छ ।
जिसस प्रमुख थापाले कर्णाली नदीमा पानीजहाज सञ्चालन भएपछि कैलाली, डोटी, अछाम र सुर्खेतमा आवतजावत तथा सामान ढुवानीमा टेवा पुग्ने बताए । उनले कर्णाली नदीलाई जलमार्गका रुपमा विकास गरिएमा चुरेमा भइरहेको क्षति न्यूनिकरण गर्न सकिने, विकट वस्तीमा सस्तो दरमा उपभोग्य सामान ढुवानीमा सहज हुने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्र गरे ।
उनले प्रदेश तथा स्थानीय तहको अनुदान र नीजि क्षेत्रको लगानीमा कर्णाली नदीमा पानीजहाज सञ्चालन गर्ने योजना अघि बढाइएको बताए । उनले भने– प्रदेश तथा स्थानीय तहको ५० प्रतिशत अनुदान र नीजि क्षेत्रको ५० प्रतिशतमा जहाज सञ्चालन गर्ने योजना बनाइएको छ ।
उनले कर्णाली नदीमा पानीजहाज सञ्चालन गर्नका लागि आह्वान गरिएको बताए ।
उनले आगामी बैशाख १ गतेभित्रै कर्णाली नदीमा पानीजहाज चलाउने गरि काम भइरहेको बताए । उनले कर्णाली नदीमा पानीजहाजसंगै र्याफ्टिङलाई पनि अघि बढाइने बताए । उनले र्याफ्टिङका लागि यस वर्ष स्थानीय तहहरूले ५० जनालाई तालिम दिने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार