१५ बैशाख २०८१, शनिबार

प्रदेश स्तरीय फुटबल प्रतियोगिता : मनकामना, कालिका र सुर्मादेवी सेमिफाइनलमा





धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडामा जारी प्रदेश स्तरीय महिला तथा पुरुष फुटबलको शुक्रबारका खेलमा मनकामना युवा क्लव, कालिका युवा क्लव र सुर्मादेवी युवा क्लव विजयी भएका छन् ।
जीतसंगै तीन वटै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबारको पहिलो खेलमा मनकामना युवा क्लवले वाकओभर पाएर विजयी भयो । प्रतिस्पर्धी न्यु उपदेश युवा क्लवको टीम नआएपछि आयोजकले वाई पाएको थियो ।
अर्को खेलमा सुर्मादेवी युवाले मसुरिया फुटबल एकेडेमीलाई ५–४ गोल अन्तरले हरायो । भने तेस्रो खेलमा कालिका युव क्लवले गौरीगंगालाई सून्यका विरुद्ध तीन गोलले हरायो ।



प्रतिक्रिया दिनुहोस्
विशेष समाचार