१६ बैशाख २०८१, आईतवार

महिला क्रिकेट कप : त्रिभूवन मावि च्याम्पियन



धनगढी/ धनगढीमा भएको प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि त्रिभूवन मावि, बोराडाँडीले जीतेको छ ।
शुक्रबार भएको फाइनल खेलमा त्रिभूवन माविले शारदा मावि बैयावेहडीलाई ३२ रनले हराएर कप उचाल्यो ।
बलरहरूले घातक तथा सटिक बलिङ गरेपछि ८६ रनको सामान्य विजय लक्ष्य पछ्याएको शारदालाई ५३ रनमा खुम्च्याउद त्रिभूवन मावि च्याम्पियन बन्यो ।
संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शारदा माविले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय ग¥यो ।
शारदाका बलरहरूले उत्कृष्ट बलिङ गरेपछि त्रिभूवन मावि १७ दशमलव दुई ओभरमा ८५ रनमा अलआउट भयो । त्रिभूवनका मन्जु चौधरीले २८ तथा अन्जली अवस्थीले २० रन बनाए ।
बलिङतर्फ शारदाका सरस्वती गाहामगरले चार तथा ज्योति शर्मा र करुणा चौधरीले दुई/दुई विकेट लिए ।
८६ रनको विजय लक्ष्य पछ्याएको शारदा १४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ५३ रनमा समेटियो । शारदाका ज्योती शर्माले २४ रन बनाए पनि अरु ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् ।
घातक बलिङ गरेका त्रिभुवनका मनिषा चौधरी र अनिता मडैले तीन÷तीन विकेट लिए भने रिचा मगरले दुई विकेट लिईन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी शारदा माविका ज्योति शर्मा बनिन् । भने उत्कृष्ट बलर शारदा माविका सीमा चौधरी, उत्कृष्ट व्याट्सम्यान त्रिभूवन माविका सीमा बोगटी, उदयमान खेलाडी एरिष्टो स्कुलका हिसिला खड्का, उत्कृष्ट फिल्डर राष्ट्रिय तुल्सीराम माविका सोनिया जप्रेल, उत्कृष्ट क्याच शारदा माविकी अनिशा शाह, उत्कृष्ट विकेट किपर शारदा माविका सरस्वती गाहामगर र भ्यालुयवल प्लेयर धनगढी नमुना माविका दुर्गा ढाट र व्रोड भिजन एकेडेमीकी प्रिति यादव बनिन् ।
प्रतियोगिता समापन समारोहमा धनगढी नगर खेलकुद विकास समितिका अध्यक्ष तथा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक थापा लगायतले विजेता टिम तथा खेलाडीलाई शिल्ड, पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा आठ टीमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार