१५ बैशाख २०८१, शनिबार

नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड शुरु



धनगढी/ धनगढी उपमहानगरपालिकाको आयोजनामा शुक्रबँरदेखि दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ ।
धनगढी रंगाशालामा सुरु भएको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्गसिल्डको शुक्रबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले धनगढी खेलकुदको शहरका रुपमा विकास भइरहेको चर्चां गरे ।
नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले दोस्रो राष्ट्रपति रनिङशिल्डमा नगरका २२ वटा विद्यालयहरूको सहभागिताका रहेको जानकारी दिए । प्रतियोगिता भोली आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार