२२ बैशाख २०८१, शनिबार

पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप सुरु



धनगढी/ धनगढीमा पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शुक्रबारदेखि शुुरु भएको छ ।
फारवेष्ट पशुपति युवा क्लवद्वारा आयोजित प्रतियोगिताको शुक्रबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा कैलारी युथ युनाईटेड विजयी भएको छ । कैलारी युथले फारवेष्ट पशुपति युवा क्लवलाई दुईका विरुद्ध तीन गोलले हरायो ।
कैलारी युथका सन्जु चौधरीले दुई तथा आर्जु चौधरीले एक गोल गरे । खेलको पहिलो हाफको २४ औं र दोस्रो हाफको ३० औं मिनेटमा सञ्जुले गोल गरेका थिए भने दोस्रो हाफको १० औं मिनेटमा आर्जुले गोल गरेका थिए ।
फारवेष्ट पशुपतिका निलेश विष्टले दुई गोल गरे । उनले पहिलो हाफको १२ औं र २१ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको आज (शनिबार) स्टार सिटी र माउण्ट एभरेष्ट अत्तरीया तथा सुदूरपश्चिम–११ स्पोटर््स क्लव र घोडाघोडी क्लव सुख्खडबीच खेल हुने छ ।
आयोजक क्लवका अध्यक्ष खेम रावतका अनुसार प्रतियोगितामा १५ टीमको सहभागीता रहेको छ । प्रतियोगिता माघ २५ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
त्यस्तै म्यान अफ द सिरिजले २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । भने प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार छ सय रुपैया पाउनेछन ।


फारवेष्ट कपको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सहप्रायोजक एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजक एक्सप्रेस अटो केयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार