१७ बैशाख २०८१, सोमबार

टीकापुर विमानस्थल फेरि चल्छ : पर्यटनमन्त्री



टीकापुर । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले द्धन्द्धकाकारण २०५२ सालदेखि बन्द रहेका टीकापुर विमानस्थल फेरि सञ्चालन आउने बताएका छन ।
१३ दिने टीकापुर महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री भट्टराईले भने अव प्रावधिक टोली आउछ त्यसको अध्ययन प्रतिवेदन अनुसार टीकापुर विमानस्थल नयाँ स्वरुपमा सञ्चालन हुन्छ ।
विमानस्थल सञ्चालनका लागि टीकापुर नगरपालिका सहितका यो क्षेत्रका स्थानीय तहले लगानी गर्ने भन्ने सोचबाट म प्रभावित छु उनले भने, बरु विमानस्थल सञ्चालका लागि जग्गा पुगेन भने के गर्ने त्यो उपाय सोचेर योजना बनाउनुस ।


उनले विमानस्थल बनाउन संघ, प्रदेश र स्थानीय सरकारवीच हातेमालो हुन जरुरी भएको पनि औल्याए । महोत्सव उद्घाटनका अवसरमा टीकापुर उद्योग वाणिज्यसँघले विमानस्थल सञ्चालनको माग गर्दै मन्त्री भट्टराईलाई एक सुत्रिय माग पनि पेश गरेको थियो ।
काठमाडौ आउने पर्यटकलाई टीकापुर, चिसापानी र वर्दिया राष्ट्रिय निकुञ्ज आउने वातावरण बनाउन पनि मन्त्री भट्टराईले आग्रह गरे । उनले नेपालको एकमात्र डल्फिन क्षेत्र रहेको कैलालीको प्रचारप्रसार हुन जरुरी रहेको बताउदै कर्णालीलाई ¥याप्टिङ क्षेत्रकारुपमा विकास गर्ने पर्ने बताएका थिए ।


मन्त्री भट्टराईले टीकापुर विमानस्थल, विश्व रामासार क्षेत्र घोडाघोडी र लक्की चुँहा नगरपालिकास्थित कैलाशधाम परिसरको पनि निरिक्षण गरेका छन । उनले कैलाशधाम क्षेत्रको निर्माणको भावी योजना बारे लम्कीचुँहा नगरपालिकाका प्रमुख महादेव बजगाईसँग जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार