१७ बैशाख २०८१, सोमबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्य



बैतडी/बैतडीका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । पाटन नगरपालिका वडा नम्बर १ मा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पुर्चौडी नगरपालिका वडा नम्बर ६ मा नहरमा ढुबेर एक बालिकाको मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटनामा पाटन नगरपालिका वडा नम्बर १ का ३० वर्षीय नरेन्द्र राज भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर १ को वडा कार्यालय नजिकै गुड्दै गरेको ट्याक्टरबाट खसेपछि नरेन्द्रको पछाडीको टायरमा कुल्चिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बैतडीको पुरचौडी नगरपालिकामा नहरमा डुबेर वडा नम्बर ६ मानाकोटका ईश्वरराज पन्तकी तीन वर्षीया छोरी लक्ष्मीको मृत्यू भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार