२२ बैशाख २०८१, शनिबार

कृषि विकास बैंकको ऋणपत्र बिक्री खुला



धनगढी/ कृषि विकास बैंक लिमिटेडले मंगलबारदेखि ऋण पत्र (डिवेन्चर) बिक्री खुला गरेको छ । ऋणपत्र सात वर्षका लागि हुने बताइएको छ ।
बैंकले एक सूचना जारी गर्दै दुई हजार ८३ वटा ऋणपत्र (डिवेन्चर) बिक्री खुला गरेको जनाएको छ ।
बैंकले दुई सय ५० करोड रुपैयाँ मुल्यको एडिबिएल कृषि बैंक ऋणपत्र खुला गरेको जनाएको छ । डिवेन्चर एक हजार रुपैयाँ दरको न्युनतम २५ कित्ता र अधिकतम दुई लाख ५० हजार रुपैया मूल्यको कित्तासम्म खरिद गर्न सकिने बैंकका सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख गणेशबहादुर डिसीले जानकारी दिए ।
बैंकका प्रदेश प्रमुख डिसीले माघ १७ गते ऋणपत्र बिक्री बन्द हुने बताए । ऋणपत्रबाट अर्धवार्षिक रुपमा १० दशमलव ३५ प्रतिशत ब्याज प्राप्त हुने, नेप्सेमा सूचिकृत भई कारोबार गर्न सकिने तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितो राखी कर्जा समेत लिन सकिने व्यवस्था रहेको छ ।
उनले ऋणपत्र खरिदका लागि बैंकको कुनै पनि शाखामा आवेदन दिन सकिने तथा डिम्याट खाता खोलि सिआरएन नम्बर लिएकाहरूले अनलाईन आवेदन दिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार