१७ बैशाख २०८१, सोमबार

धनगढीमा विकास सम्मेलन हुने



धनगढी/ धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन गर्ने भएको छ । योजनावद्ध तथा दीगो विकासलाई टेवा पु¥याउने उद्देश्यले विकास सम्मेलन आयोजना गरिने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा “धनगढीको सर्वांगीण र योजनावद्ध विकासका लागि विकास सम्मेलन” आयोजना गरिने जानकारी दिइयो । विकास सम्मेलन आगामी फागुन १८ गते हुने छ ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विकास सम्मेलनमा उपमहानगरपालिकाले सामाजिक, आर्थिक, भौतिक विकास र वातावरण संरक्षणका आधारमा पहिचान गरेका परियोजनाहरू प्रस्तुत गरिने बताए ।
“धनगढीलाई व्यवस्थित, समृद्ध तथा सभ्य शहरका रुपमा विकास गर्न हामीले एउटा मेघा प्रोजेक्ट प्रस्तुत गर्दछौं” पत्रकार सम्मेलनमा नगर प्रमुख वडले भने– विकास सम्मेलनलाई हामीलेअहिले नगरबासीले भोगिरहेका समस्याको सम्बोधनका साथै धनगढीलाई सबैका लागि बस्नयोग्य शहरका रुपमा विकास गर्ने अवसरका रुपमा उपयोग गर्ने तयारी गरेका छौं ।
नगर प्रमुख वडले धनगढीको व्यवस्थित विकासका लागि आम नागरिकलाई विकास परियोजनाका लागि खुला आह्वान गरिने बताए । “खुला आह्वान अनुसार आफ्ना विकास परियोजना (अवधारणा) प्रस्तुत गर्नेमध्ये तीन जना प्रस्तावकलाई पुरस्कृत गरिने छ” नगर प्रमुख वडले भने– तीन मध्ये पहिलो हुने प्रस्तावकलाई विकास सम्मेलनमा आफ्नो विकास परियोजना प्रस्तुत गर्ने अवसर प्रदान गरिने छ ।
उनले विकास सम्मेलनमा धनगढी शहरको विकासका लागि ज्ञान र स्रोत बढाउन विकासको साझेदारहरूको दायरा फराकिलो बनाइने लगायतका विषयवस्तुहरू समावेश गरिने बताए ।
उनले विकास सम्मेलनमा प्रस्तुत गरिने परियोजनाहरूलाई सम्बन्धित क्षेत्रका विज्ञहरूसंगको समन्वयमा दु्रत प्रभाव, छोटो अवधि र लामो अवधि गरी तीन भागमा पहिचान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार