१७ बैशाख २०८१, सोमबार

‘जब मान्छे शिक्षित हुन्छ तब सम्बृद्ध समाज निर्माण हुन्छ’ – मुख्यमन्त्री भट्ट



अत्तरिया सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बृद्ध समाज निर्माणका लागि सबैभन्दा पहिला समुदायका सबै नागरिकहरु शिक्षत बन्न आवश्यक रहेको बताएका छन् । आईतवार अत्तरियामा मासिक १ सय शुल्कमा पढाई गराउँदै आएको समता स्कूलको बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हरेक गाँउ घर , टोल छिमेक र समाजमा बसोबास गर्ने नागरिकहरु जब सम्म शिक्षाको पहुँचमा पुग्दैनन तब सम्म सम्बृद्ध समाज र देश निर्माण गर्न नसकिने बताएका हुन् ।

मानब जिवनमा शिक्षा अत्यन्तै आवश्यक रहेको बताउदै उनले शिक्षित नागरिकले आफ्नो मात्रै नभई आफ्नो समाज र समर्ग देश निर्माणमा महोत्वपुर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।

ुजब मान्छेले पढाई गर्न थाल्छ ,नयाँ कुराको ज्ञान, सिप आदानप्रदान गर्छ उ शिक्षित बन्दै जान्छ तब यसले समाजका लागि देशका लागि केहि सोच्न थाल्छु उनले भने हो त्यसैले आफ्नो गाँउघर समाज र देशको नाम उच्च राख्नका लागि अहिले सबैलाई शिक्षाको आवश्यकता अनिवार्य रहेको छ ।

उनले सरकारले शिक्षामा लगानी बढाउदै लगेको बताए । यद्धपी सरकारले गरेको लगानीलाई ब्यबस्थित रुपमा संचालन गर्न नसक्दा सरकारको लगानी सहि ठाँउमा जान नसकेको उनको भनाई छ ।

अहिले नेपालमा दुई प्रकारका शिक्षा रहेका छन् एउटा निजि र अर्को सरकारी उनले भने हामीले यँहाका सरकारी बिधालयहरुमा बर्षेनी लगानी बढाउदै गरेपनि त्यो ब्यबस्थित रुपमा संचालन गर्न केहि नितिगत रुपमा समस्या भएका कारण सरकारी स्कूलहरु फस्टाउन सकेका छैनन ।

उनले सहि ब्यबस्थापन भएमा थोरै लगानीवाट पनि धेरैलाई शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरा समाता स्कूलले गरेर देखाएकोमा स्कूलको प्रसंसा गरे । राज्यले जहिले पनि आफ्नो नागरिक शिक्षित भएर आत्मनिर्भर बनोस र देशको विकास गरोस भन्ने नै चाहान्छ उनले भने ।

अब समता स्कूलले पनि जिल्लामा एउटा मात्रै बिधालय नभएर अझै शाखाहरु बिस्तार गर्दै बिधालयको पहुँच भन्दा बहिर रहेका ससाना बालबालिकाहरुलाई बिधालय सम्म पुञ्याउनमा सहयोग गर्न आग्रह गरे । यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग आफु गर्न तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार