१७ बैशाख २०८१, सोमबार

गोदावरीको विकासले पर्यटनमा बृद्धि : मन्त्री सुवेदी



अत्तरिया । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गोदावरी धामको बिकासको लागी प्रदेश सरकार कटिबद्ध रहेको बताका छन् ।

माघेसंक्रान्तीकाे अबसरमा अायाेजित मकर मेलालार्इ अाइतबार समापन गर्दै मन्त्री सुवेदीले प्रदेशको राजधानी पनि गोदावरी तेघरीमा नै हुने भएकाले यस क्षेत्रको बिकास पनि सँगसँगै हुने बताएका हुन् । उनले गोदावरी क्षेत्रको बिकासले प्रदेशको पर्यटनमा पनि बढुवा हुने विश्वास ब्यक्त गरे ।

पुष २९ गते देखी मकर मेला शुरू भएकाे थियाे । गाेदावरी धाम बिकास समितीले एक कार्यक्रमको आयोजना गरी समापन गरेको हो । धाम बिकास समितीका अध्यक्ष पदमराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी थिए ।

सो अबसरमा मकर मेलालाई सफल पार्ने बिभिन्न ब्यक्ती र संघ संस्थालाई सम्मान समेत गरिएको थियो । मकर मेला सकिएपनी माघ महिनाभर गोदावरीमा पुण्य कमाउन स्नान गर्न सकिने धाम बिकास समितीका अध्यक्ष जोशीको भनाई छ ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला आयोजना गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरीएको हो ।१२ दिन सम्म चलेको मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार