१७ बैशाख २०८१, सोमबार

प्रदेश स्तरीय महिला तथा पुरुष फुटवल शुरु



धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
मनकामना युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
प्रतियोगिताको पहिलो दिन भएका खेलमा मनकामना युवा क्लव र फारवेष्ट पशुपति युवा क्ल विजयी भएका छन् ।
पुरुष तर्फको उद्घाटन खेलमा मनकामना युवा क्लवले गौरीगंगा–११ लाई ७–० को फराकिलो गोल अन्तरले हरायो ,
मनकामनाका कृजल श्रेष्ठले ह्याट्रिक सहित पांच गोल गरे भने सुरेश खत्रीले एक गोल गरे । गौरिगंगा–११ ले एक आत्मघाती गोल गरेको थियो ।
दोस्रो खेलमा फारवेष्ट पशुपति युवा क्लवले नमुना युवा क्लवलाई सून्यका विरुद्ध एक गोलले हरायो ।
अतिरिक्त समयमा आधा मिनेट बांकी रहेको अवस्थामा पशुपति युवा क्लवका रोशन खातीले निर्णायक गोल गरेका थिए ।
प्रतियोगिताको पुरुष तर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार रुपैया पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै महिला तर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजक मनकामना युवा क्लवका अध्यक्ष डबल थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार