१७ बैशाख २०८१, सोमबार

विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता : व्रोडभिजन, शारदा र तुल्सीराम विजयी



धनगढी/ धनगढीमा जारी अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा शनिबार तीन वटा खेल भएका छन् ।
शनिबार भएका खेलमा व्रोडभिजन एकेडेमी, शारदा मावि र राष्ट्रिय तुल्सीराम मावि विजयी भएका छन् ।
शनिबारको पहिलो खेलमा शारदा माविले धनगढी नमुना माविलाई ६५ रनले हरायो । पहिले व्याटिङ गरेको शारदा माविले एक सय ११ रन बनायो । प्रतिउत्तरमा धनगढी नमुना मावि ४६ रनमा अलआउट भयो ।
त्यस्तै, दोस्रो खेलमा राष्ट्रिय तुल्सीराम माविले क्यास्पीयन एकेडेमीलाई चार विकेटले हरायो । पहिले ब्याटिङ गरेको क्यास्पीयनले ५६ रन बनायो । भने प्रतिउत्तरमा राष्ट्रिय तुल्सीरामले छ विकेट क्षतिमा लक्ष्य पुरा ग¥यो ।
शनिबार भएको तेस्रो खेलमा व्रोडभिजन एकेडेमीले त्रिभुवन माविलाई छ विकेटले हरायो । पहिलो व्याटिङ गरेको त्रिभूवनले दिएको ६७ रनको विजय लक्ष्य व्रोड भिजनले चार विकेट क्षतिमा पुरा ग¥यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार