५ जेष्ठ २०८१, शनिबार

चुरेमा गाउँपालिका स्तरिय रनिङ्ग सिल्ड प्रतियोगीता सुरु



कैलाली १० माघ/ कैलालीको चुरे गाउँपालिकामा “गाउँपालिका स्तरिय रनिङ्ग सिल्ड” प्रतियोगीता सुरु भएको छ । शुक्रबारदेखी शुरु भएको प्रतियोगीतामा गाउँपालिकाका ९ ओटा विद्यालयहरु सहभागी रहेका छन् ।
प्रतियोगीतामा भलिबल, फूट्बल, एथ्लेटीक्स लगाएतका खेल हुने छन्, भने प्रतियोगीताबाट छनौट् भएका टिम र खेलाडी जिल्लास्तरिय प्रतियोगीताको लागी छनौट् हुने छन् ।
प्रतियोगीताको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष धन बहादुर रोकामगर प्रमुख अतिथी रहेका थिए । अध्यक्ष मगरले स्वास्थ्यनै धन रहेको बताउदै खेलकुदले विद्यार्थिको मानषिक तथा शारारिक विकास हुने बताए । उनले खेकुद विकासको लागी गाउ“पालिकाले बिषेश योजना बनाएर अगाडी बढेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका सचिव मिन ठकुरीले स्थानिय तहमा हुने यस्ता प्रतियोगीताले खेल विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराले गरेका थिए । उनले चुरे गाउँपालिकाले विद्यालयस्तरमा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार