५ जेष्ठ २०८१, शनिबार

एमसीसी संसदबाट पारित भएमा घातक परिणाम हुने– नेकपा नेता रावल



डोटी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरिएमा घातक परिणाम हुने दोहोराएका छन् ।
दिपायल सिलगढी नगरपालिकाले भ्रमण वर्ष २०२० को उपलक्ष्यमा बिहीबार आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा नेता रावलले एमसीसी पास गरिएमा राष्ट्रलाई ठूलो घाटा हुने बताए । उनले भने– एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नै अध्ययन नगरिकनै कतिपय नेताजीहरुले पास गरौं भन्दैछन्् । एकपटक सम्झौता पढ्नुस्, सही वा गलत आफैं पत्ता लगाउनु हुनेछ छ ।
नेता रावलले राष्ट्र र राष्ट्रियताका हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रिय चर्चाको विषय बनेकाले कुनै पनि हालतमा पास गर्न नहुने बताए । उनले भने– हामी नागरिकका सेवक हौ । नागरिकको हित गर्नुपर्ने ठाउमा किन अहित गर्ने प्रयास गरिरहका छौं ?’ उनले आफू एमसीसीविरुद्ध चट्टान बन्नेर उभिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार