५ जेष्ठ २०८१, शनिबार

फाया नेपालको २५ औं बार्षिक उत्सव



कैलाली, १० माघ/ जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालले आफ्नो २५ औं बार्षिक उत्सव मनाएको छ । सामाजिक न्याय एवम् मानव अधिकामुखी विकासको अभियानमा योगदान दिदै आएको फाया नेपालले २५ बर्ष पार गरेको छ
शुक्रबार धनगढीमा चियापान कार्यक्रमको आयोजना गरी आफ्नो २५ वर्षको अभियान, उपलब्धि र योगदान प्रस्तुत गरेको छ । सो अवसरमा फाया नेपालका कार्यकारी निर्देशक धर्मराज पाठकले “समृद्धिका लागि संगसंगै”(२०१९—२०२४) रणनितिक नारा प्रस्तुत गरे ।
विभिन्न क्षेत्रमा काम गर्दै आएको फाया नेपालले सुदूरपश्चिम प्रदेशमा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष युएनएफपिएको देशीय कार्यक्रम कार्यान्वयन गरिरहेको छ । आयोजित औपचारिक कार्यक्रमको समापन फाया नेपालका अध्यक्ष लोकराज भट्टले गरेका थिए । कार्यक्रममा बुद्धीजिवी, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधी, सुरक्षाकर्मी लयाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार