४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभामा सुदूरपश्चिमबाट नेकपाका भट्ट र स्वार विजयी



धनगढी/सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । रिक्त दुई जना सदस्यका लागि आज भएको निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वाँर विजयी भएका हुन् । महिला तर्फ नेकपाकी शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन भने तारमान स्वारले तीन हजार ७ सय २० मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसका महिला तर्फका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार देवकोटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै विजयी भएकी हुन् । यस्तै प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरेका छन । कांग्रेस उम्मेदवार ठगुन्ना भन्दा स्वारले १ हजार ८ सय ७२ अर्थात ठीक दोब्बर मतले विजयी भएका हुन् । प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढी स्थित पदमा पब्लिक हाई स्कुलमा भएको मतदानमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले गरेको तीन मत भने बदर भएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । एक मत अर्को मतपेटीकामा खसेको र दुई मत बक्स भन्दा बाहिर मतदान गरेका कारण बदर भएको हो । राष्ट्रियसभा सदस्य पदका लागि यहाँ चार जनाको उम्मेदवारी परेको थियो । नेकपाले महिला तर्फ शारदा भट्ट तथा अन्य समूह तर्फ तारामान स्वार र नेपाली काँग्रेसले महिला तर्फ तुलसी देवकोटा तथा अन्य समूह तर्फ प्रताप सिंह ठगुन्नालाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार