१० श्रावण २०८१, बिहीबार

सूचना प्रविधी विधेयक बिरुद्ध बिरोधपत्र



धनगढी/ संघीय सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध आइतबार नेपाली काँग्रेसले देशव्यापी रुपमा विरोधपत्र बुझाएको छ । नेपाली काँग्रेसले सो विधेयक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक विरुद्ध रहेको ठहर गर्दै देशका सबै ७७ रै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाएका छन् ।
यस क्रममा धनगढीमा नेपाली काँग्रेस कैलालीले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरामार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।
विरोधपत्रमार्फ काँग्रेसले सूचना प्रविधि विधेयक मार्फत वर्तमान सरकारले लोकतन्त्रका मुलभूत सिद्धान्तलाई उल्लङघन गर्न खोजेको आरोप लगाइएको छ । विरोधपधमा भनिएको छ– नागरिकको फोन टेपिङ समेत गर्न सकिने, सामाजिक सञ्जालमा कसैलाई जिस्काएमा पांच वर्षसम्म जेल र १५ लाख रुपैया जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेको छ ।
विरोधपत्र बुझाउदै नेपाली कांग्रेस कैलालीका कार्यबाहक सभापति प्रकाश बमले सरकारले नागरिकका बोल्न, लेख्न पाउने संविधानप्रदत्त अधिकारमाथि अंकुश लगाउने दुस्प्रयास गरेको बताए ।
उनले वर्तमान सरकारले लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र नागरिक स्वतन्त्रतामाथि बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा सडकमा उत्रिनु पर्ने बाध्यता आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार