१० श्रावण २०८१, बिहीबार

आजदेखि प्रदेश सभाको हिउदे अधिवेशन



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिबेशन (हिउदे अधिवेशन) आज (सोमबार) देखि शुरु हुँदैछ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आह्वान गरे अनुसार प्रदेश सभाको पाँचौं अधिबेशन आज सोमबार दिउँसो २ बजेदेखि शुरु हुन लागेको छ ।
हिउँदे अधिवेशन पनि भनिने पाँचौं अधिबेशन मूलतः विधेयक अधिवेशन हो । विधेयक अधिबेशनको शुरुवात सोमबार हुन गइरहेको भए पनि सरकारका तर्फबाट अधिबेशनमा प्रस्तुत गर्नका लागि आइतबारसम्म एउटा मात्रै विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।
सरकारले दर्ता गरेको सो विधेयक समेत हिउँदे अधिबेशनको पहिलो दिन सभामा पेश हुने छैन । प्रदेश सभा सचिवालयमा दर्ता भएको पाच दिन पछि मात्रै सभामा टेबुल गर्न पाइने प्रदेश सभा नियमावलीको प्रावधान अनुसानर सो विधेयक सोमबारको सभा बैठकमा टेबुल हुने छैन् ।
सरकारले माघ २ गते एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धी ब्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ । प्रदेश सभा सचिवालयका प्रवक्ता सिंद्धराज चटौतका अनुसार माघ २ गते दर्ता भएको विधेयक मंगलबार मात्रै पाँच दिन पुग्ने छ ।
प्रदेश सभाको हिउँदे अधिबेशन शुरु हुन लागेकोले जनताका बिभिन्न सवालहरुमा सरकारको ध्यानाकर्षण गराउन समेत सजिलो भएको प्रदेश सभामा सत्तापक्षीय प्रदेश सांसद महेशदत्त जोशीले बताए ।
हिउँदे अधिबेशनमा सरकारले स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी ब्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्ने कार्यसूची समेत बनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार सर्वोच्च अदालतबाट भएको आदेशको सम्मान गर्दै सो ऐन संशोधनको प्रक्रिया शुरु गरिएको छ ।
सरकारलाई घेर्ने रणनीतिमा प्रतिपक्ष
झण्डै ६ महिनापछि सञ्चालन हुन लागेको प्रदेश सभाको हिउदे अधिबेशनमा सरकारलाई घेर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी दल रहेको छ ।
सोमबारदेखि शुरु हुन लागेको हिउँदे अधिबेशनमा प्रमुख प्रतिपक्षी दलले भ्रष्टाचारका मुद्धाहरुमा सरकारलाई घेर्ने रणनीति बनाएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारका बिभिन्न मन्त्रालय तथा मातहतका कार्यालयले बिभिन्न खरीद प्रक्रियामा गरेको आर्थिक अनियमिततालाई प्रमुखताका साथ सभा बैठकमा मुद्धा बनाउने संकेत दिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले पछिल्लो पटक सञ्चार माध्यममा आएका सामाजिक विकास मन्त्रालयको एम्बुलेन्स खरीद, बिभिन्न जिल्लामा भएका स्वास्थ्य शिबिरका नाममा भएको अनियमितता र सोही मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका औषधी तथा उपकरण खरीद लगायत अन्य मन्त्रालयका अनियमितताबारे सशक्त रुपमा आवाज उठाउने र सरकारको जवाफ मागिने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका प्रदेश सांसद भरत बहादुर खड्काले नियमसम्मत नभएका काम कार्वाहीबारे सदनमा जवाफ मागिने बताए । प्रतिपक्षी सांसद तथा प्रदेश सभाको सार्वजनिक लेखा समितिको सभापति समेत रहेकी कुमारी नन्दा बमले सरकारक बिभिन्न अनियमितताहरु समाचारमा बाहिर आएको र लेखा समितिले समेत केही बिषयमा अध्ययन गरिरहेकोलेले प्रमुख प्रतिपक्षी दल सशक्त रुपमा आवाज उठाउने तयारीमा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार