११ श्रावण २०८१, शुक्रबार

नेकपाको सभामुख उम्मेदवार अग्नि सापकोटा



काठमाडौं : नेता अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सभामुख उम्मेदवार बनाएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो । नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुलेको छ । नेकपाले सभामुख उम्मेदवारको नाम टुंगो लगाउन नसक्दा एक महिनादेखि संसद बन्धक जस्तै बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार