१० श्रावण २०८१, बिहीबार

महिनाबारी भएका महिलामाथि दुव्र्यवहार, घर नजिकको बाटोमा हिँडेको आरोपमा कुटपिट



धनगढी/कञ्चनपुरको बेल्डााडी गाउँपालिका वडा नम्बर १ की ३६ वर्षीया गीता खड्का महिनावारी भएको शुक्रबार पाँचौ दिन पुगेको थियो । साँझ ८ बजे उनी र उनकी जेठानी ईश्वरी खड्का आफ्नै घरको छेउमा बाटोमा हिँड्दै थिए ।
‘महिनावारी भएको बेला यो बाटोमा नहिँड भनेर कति भन्नु तिमिहरुलाई ?’ छिमेकी ३६ वर्षीय दलबहादुर शाहले उनीहरुलाई झपार्दै भने । दुवै महिलाका लागि यी शब्द नयाँ थिएनन् । ईश्वरीले भनिन्– जहिले दलबहादुरले हामी महिनावारी भएको बेला बाटोमा नहिड्नु भनेर गालीगलौज गथ्र्यो, तर शुक्रबार उनले गालीगलौजमात्र गरेनन्, कटपिट पनि गरे ।
ईश्वरीका अनुसार दलबहादुर र उनकी श्रीमतीले मिलेर उनीहरुमाथि कुटपिट गरेका थिए । उनले बाटोमा कुनै धार्मिक स्थल नभएको बताइन् । कुटपिटबाट घाइते भएका उनीहरु दुवैलाई धनगढीस्थित नोभा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा रहेकी ईश्वरीले अनुमोदनसंग भनिन्– दलबहादुरले भैंसी पालेका छन् । महिनावारी भएका महिला बाटोमा हिँड्दा भैंसीलाई समस्या हुन्छ भनेर गाली गर्ने गर्दथे ।
गीता र ईश्वरीमाथि कुटपिट भइरहेको थाहा पाएपछि स्थानीयले जोगाएका थिए । दलबहादुरको जमिनमा बस्दै आएका गीता र ईश्वरी र दलबहादुरको घर जाने बाटो एउटै छ ।
कुटपिटका कारण ईश्वरीको घाँटी, टाउकोसंगै ढाडमा चोट लागेको थियो । उनीहरुको बेल्डाँडीमा उपचार हुन नसकेपछि कैलालीको धनगढीस्थित नोभा अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । बिहानैदेखि उपचाररत उनीहरु साँझ घर फर्किएका छन् ।
कुटपिट गर्ने दलबहादुरलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले नियन्त्रणमा लिएको छ ।
महिनाबारी भएका महिलामाथि भएको कुटपिटको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ ।
अधिकारकर्मीहरुले छाउपडी कुप्रथाको पूर्ण रुपमा अन्त्यका लागि विभिन्न पक्षबाट प्रयास भइरहेको सन्दर्भमा महिनाबारी भएका महिलाले बाटोमा हिड्दा समेत कुटाई तथा दुव्र्यवहार भोग्नुपर्ने अवस्था निकै दूर्भाग्यपूर्ण रहेको बताउछन् ।
अधिकारकर्मी माया नेगी भन्छिन्– सरकारले छाउपडी कुप्रथा उन्मुलनका लागि देशव्यापी अभियान सञ्चालनकै बेला कञ्चनपुरमा भएको घटनाले समाजमा अझै पनि पुरातन सोच भएका व्यक्तिका कारण अभियानमाथि चुनौति थपिएको छ ।
अभियुक्त दलबहादुरले भने दुई महिलाबीच जग्गा विवादमा झडप हुँदा आफूले छुट्याउन खोजेको दाबी सहित बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार