१० श्रावण २०८१, बिहीबार

प्रगति कम्पाइलेषण तथा रिपोर्टिङ गोष्ठी





धनगढी/ सुदूरपश्चिम प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलको आयोजनामा धनगढीमा “प्रगति कम्पाइलेषण तथा रिपोर्टिङ सम्बन्धी गोष्ठी” भएको छ ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका भेटरीनरी तथा विज्ञ केन्द्रका प्राविधिकहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक मदनसिंह धामीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका सबै वडाबाट पशुपन्छी सम्बन्धी रिपोर्ट ल्याउनु पर्ने बताए ।
निर्देशक धामीले भेटरीनरी अस्पताल तथा विज्ञ केन्द्रहरूलाई सबै स्थानीय तहका वडाबाटै रिपोर्टिङ संघिय मन्त्रालयमा बुझाउन निर्देशन दिए ।
उनले वडा तहबाट संकलन गरिने तथ्यांकबाट पशुपन्छीमा लाग्ने महामारी रोग नियन्त्रणका साथै खोप उत्पादन, बजेट विनियोजन, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गोष्ठीमा सहभागी विज्ञ केन्द्रका प्रमुखहरूले राजस्व संकलनमा अन्योलता देखिएको गुनासो गरेका थिए । भेटनरी अस्पताल तथा विज्ञ केन्द्र कञ्चनपुरबाट सहभागी शंकरदत्त जोशीले आफुले काम गर्ने कार्यालय प्रदेश सरकारको मातहत भए पनि त्यहाँबाट संकलन भएको राजस्व स्थानीय सरकारको खातामा जम्मा हुने गरेको बताए ।
गोष्ठीका सहभागीहरूले स्थानीय सरकारहरूले प्रदेश तथा संघ मातहतका कार्यालयहरूसंग समन्वय नै नगरी काम गर्ने गरेको गुनासो राखेका थिए ।
गोष्ठीमा सुदूरपश्चिम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर महेशराज बिष्टले सबै कार्यालयमा नागरिक अनिवार्य रुपमा वडापत्र राख्नुपर्ने बताए । उनले तीनै तहका सरकारी कार्यालयहरूबीच समन्वय बढाउदै जानुपर्ने बताए ।
उनले कृषि तथा पशु क्षेत्रको तथ्यांकले आगामी योजना र कार्यदिशा निर्धारण गर्ने बताए । प्रदेश मन्त्रालयले तथ्यांक संकलनलको लागि डिजिटल प्रविधि ल्याउन जरुरी रहेको बताए ।


सचिव बिष्टले विज्ञ केन्द्रहरूमा भेटरीनरी एम्बुलेन्स थप्नुपर्ने, विभिन्न क्षेत्रमा अकस्मात फैलिने महामारी रोग नियन्त्रणको लागि पूर्वयोजना बनाउनु पर्ने बताए ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव यज्ञराज जोशी, बरिष्ट पशु चिकित्सक पानसिंह ठगुन्ना, बरिष्ठ पशु चिकित्सक डाक्टर बसन्तबहादुर सिंह, विज्ञ केन्द्र प्रमुखको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन पशु प्राविधिक पुस्कर नाथले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार