१० श्रावण २०८१, बिहीबार

अत्तरियामा “कोरौं नेपालको वास्तविक नक्सा” कार्यक्रम



धनगढी/ नेपाल विद्यार्थी संघद्वारा सञ्चालित “चिनौ सिमाना, जोगाऔं माटो अभियान” अन्तर्गतको “कोरौं नेपालको वास्तविक नक्सा” कार्यक्रम सोमबार कैलालीको अत्तरियामा भएको छ ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले काठमाडौंको बसन्तपुरबाट सुरु भएको अभियानका क्रममा सात वटै प्रदेशका आम युवा विद्यार्थीले कोरेको नेपालको वास्तविक नक्सा राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको बताए । विद्यार्थी नेता काफ्लेले विभिन्न पटक गरेको जनगणना र सर्वेक्षणले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको पुष्टि भइसकेकोले मिचिएको नेपाली भूमि फिर्ता नहुँदासम्म अभियान जारी रहने बताए ।


कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सदस्य नृपबहादुर सुनारले भारतीय पक्षबाट बारम्बार भइरहेको नेपाली भूमि अतिक्रमण तत्काल बन्द गर्न चेतावती दिए । कार्यक्रममा नेविसंघका क्षेत्रीय अध्यक्ष गणेश शाह, पदम ओझा लगायतले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सम्पूर्ण युवा, विद्यार्थी एकजुट हुन आह्वान गरे ।


कोणसभा अघि विभिन्न स्थानबाट विद्यार्थी, युवाहरुले ¥याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार