नेभ्लाको कृत्रिम गर्भाधान तालिम

धनगढी/ पशु सेवा तालिम केन्द्र धनगढीको आयोजनामा शुरु भएको दुई हप्ते कृत्रिम गर्भाधान तालिम बिहीबार समापन भएको छ ।
नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा कृत्रिम गर्भाधान तालिम भएको थियो ।
पाराभेटहरूका लागि आयोजित तालिममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका १६ जना सहभागी रहेका थिए । तालिमको समापन सुदूरपश्चिम भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डाक्टर महेशराज बिष्टले गरेका थिए ।
सो अवसरमा सचिव डाक्टर बिष्टले प्राविधिकहरूले लिएको सिपलाई किसानको घरमा पु¥याउन आग्रह गरे । उनले तालिम लिएका प्राविधिकहरूका लागि मन्त्रालयले कृत्रिम गर्भाधान सामग्री वितरण गर्ने बताए गरे ।
कार्यक्रममा नेभ्ला सुदूरपश्चिम प्रदेश संयोजक धनबहादुर चौधरीले कृत्रिम गर्भाधानबारे चर्चा गरे ।
कार्यक्रममा बरिष्ठ पशु चिकित्सक डाक्टर बसन्त बहादुर सिंह, नेभ्ला कैलाली सचिव बिमल जोगी लगायतका पशु प्राविधिक र विज्ञहरूको उपस्थिति रहेको थियो ।




