छोरीको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी/ धनगढीका एक दम्पत्तिले आफ्नो छोरीको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का सुरेश हमाल र सपना हमालले छोरी सभ्यताको २० औं जन्मदिनको अवसरमा फाउण्डेसनलाई खाद्यान्न र जाडोका कपडा वितरण गरे ।
हमाल दम्पत्तिले दृष्टि फाउण्डेसनमा आश्रित महिलाहरुका लागि ३५ थान कम्बल, एक कट्टा चामल र एक पेटी तेल प्रदान गरे ।
सुदूरपश्चिम–११ स्पोटर््स क्लवका अध्यक्ष समेत रहेका हमालले फाउण्डेसनलाई हरेक महिनाको २३ गते एक कट्टा चामल र एक पेटी तेल दिने प्रतिवद्धता व्यक्त गरे ।




