१२ श्रावण २०८१, शनिबार

उसुक्वानद्वारा साग विजेता खेलाडीको सम्मान



धनगढी/ शिअ उसु (संघ) क्वान मनेहराले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) २०७६ का विजेता सुदूरपश्चिमका खेलाडीहरूलाई सम्मान गरेको छ ।
शिअ उसु क्वानले आइतबार उसु खेलाडी एलिना चौधरी र किरण साउदलाई सम्मान गरेको हो ।
उसु क्वानका अध्यक्ष नारायण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य नेपालु चौधरीले खेलाडीद्वय एसिला र किरणलाई दोसल्ला तथा खादा ओढाउनका साथै सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य राजेश कुमार खाती, कैलाली खेलकुद विकास समिति अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि पञ्चेवाजासहित खेलाडीहरूलाई धनगढी परिक्रमा गरिएको उसु प्राविधिक कैलाली संयोजक राजीव गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार