१० श्रावण २०८१, बिहीबार

सरकारी कार्यालयबाट सूचना प्रवाहमा कमजोरी



धनगढी/ सरकारी कार्यालयको कामकाजमा हुने अनियमितता बाहिर आउने डरले अहिलेसम्म सूचना नपाइने प्रवृत्ति कायमै रहेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।
आईतबार धनगढीमा ग्राम विकास तथा अनुसन्धान केन्द्रको आयोजनामा ‘महिला तथा सिमान्तकृत वर्ग समुदायको निर्णय प्रक्रियामा सार्थक सहभागिता’ विषयक वकालत अभियान कार्यक्रममा सहभागीहरूले सरकारी कार्यालयमा सहजै सूचना पाउन नसकिएको गुनासो गरे ।
धनगढी उपमहानगरपालिका सूचना अधिकृत सुरेन्द्रसिंह कार्कीले उपमहानगरपालिकाले सधैं दिनमिल्ने हरेक सूचना दिने गरेको बताए ।
उनले धनगढी उपमहानगरपालिका सूचना मैत्री बनिसकेको र अहिलेसम्म चार वटा वडा कार्यालयमा सूचना केन्द्र संचालन भइसकेको बताए ।
निर्वाचन कार्यालय धनगढीका जिल्ला निर्वाचन अधिकृत प्रेम भट्टले महिला तथा सिमान्तकृत वर्ग समुदायको निर्णय प्रक्रियामा पुग्न नसकेको बताए ।
कार्यक्रममा पत्रकार उन्नती चौधरीले सूचनाको हक, सूचना मग्दा प्रयोग गर्नुपर्ने प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको संचालन ग्राम विकास तथा अनुसन्धान केन्द्रका जिल्ला संयोजक ठाकुर प्रसाद करियाप्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार